Posts

खप्तड घुम्न हेली टुर

खप्तड घुम्न हेली टुर’ खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले खप्ततड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताए । ‘यस क्षेत्रमा सडकको पहुँच पुर्याउन आवश्यक भएकाले डोटीको सिलगढीदेखि झिंग्रानासम्मको बाटो कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ,’ मुख्यमन्त्री भट्टले भने ‘झिंग्रानादेखि बिचपानीसम्म सडक निर्माणका लागि डिपिआरको कार्य गर्न प्रदेश सरकारले निकुञ्जलाई नै जिम्मा दिएको छ ।’ निकुञ्ज क्षेत्रभित्र विद्युत आपूर्तिका लागि संघीय सरकारसँग समन्वय गरिने भट्टले वताए । उनले भने, ‘पर्यटकहरुले खाने बस्ने व्यवस्था भएन भनेर गुनासो गर्ने गरेको ...

आश्चर्यजनक खुमट: एउटा पहाडभित्र अचम्मलाग्दो सुरुङ

Image
- झिसमिसेमै बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ को बशन्तपुर अर्थात पुरानो बरम गाउँछोडेर थोँरै खोलाको बाटो उत्तर हान्निदा मन निकै रोमान्चित थियो । यात्रामा केहि न केहि नयाँ कुरा देखिन्छन । नौला मानिस र दृष्यहरु संग एकाकार भइन्छ ।  नयाँ जिज्ञासा र रहस्यहरुका पर्दा खुल्दै र बन्द हुदै गर्छन । शारिरीक रुपमा कष्ट भएपनि मानसिक शान्ति र सन्तुष्टिका लागि यस्ता यात्रा आबश्यक हुन्छन । त्यसैले बाटो निकै जोखिमपुर्ण भएपनि बशन्तपुरबाट पर्यटकीय गाउ खुमट सम्मको यात्रा हाम्रो रोजाइमा परेको थियो ।  खोलाको डिल भएर केहि मिनेट उत्तर सोझिएपछि गोरेठो नै थाहाँ नपाइने ठाडो उकालो देखा पर्यो । टोपी खस्ला जस्तो अक्करे भीरको उकालोमा पुसको ठिहिर्याउने ठण्डिमा पनि खलखल पसिना बगिरहेको थियो ।  कतिपय ठाउँमा साना बोट, बुट्यानको सहारामा उकालिनु पर्ने र आफै बाटो बनाउदै हिडनुपर्ने बाध्यता भएपनि त्यहाबाट देखिने सुन्दर मनोरम दृष्यहरुले थकान निमेषभरमै हराउथ्यो । झण्डै अढाई घण्टाको उकालो यात्रा पार गरेपछि एउटा विद्यालय देखियो,डाडाबाघ प्राबि ।  उकाली, ओराली र भीर पाखाको यात्रा तय गर्ने बटुवाहरुका लागि यो एउटा...

पञ्चेश्वर प्राधिकरणमा अनुहार फेरिएको फेरियै, आयोजना टस न मस !

Image
काठमाडौं ।  करिब ७ वर्ष अघि निकै चर्चामा रहेको र ‘अब पश्चिमबाट घाम उदाउँछ क्या हो’ भन्ने आभास दिलाएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिले चुपचाप सुस्ताइरहेको जस्तो देखिन्छ । भारतको एकपक्षीय अडान, तल्लो शारदाको पानी विवाद र नेपालको समेत सार्थक प्रयास नहुँदा पञ्चेश्वरले गति लिने संकेन देखिँदैन । पछिल्लो करिब एक दशकदेखि पञ्चेश्वरको सामान्य चर्चा तब हुन्छ जब ‘पञ्चेश्वर विकास प्राधिकरण (पिडिए)’मा पदाधिकारी फेरिन्छन् । नेपाल–भारत द्विपक्षीय सम्झौता अनुसार प्राधिकरणमा ३-३ वर्षको अन्तरमा पदाधिकारी फेरिने प्रावधान छ । अहिले पनि पदाधिकारी आउने–जाने गतिविधिका कारण आयोजना बनाउने, बहस तथा छलफल गर्ने र समस्या साँघुरो बनाउँदै लैजाने कुरा भएका छन् । हरेक ३–३ वर्षमा नेतृत्व (प्रमुख कार्यकारी अधिकृत–सिइओ) सहित अन्य निर्देशक तहका पदाधिकारीको फेरबदल हुन्छ । जसअनुसार पहिलो पटक सिइओ नियुक्ति भएको ६ वर्षपछि नेपालले पुनः प्राधिकरणको नेतृत्व (सिइआ) गर्ने मौका पाएको छ । तर, यो मौकाको भने कुने सदुपयोग हुन सकेको देखिँदैन । पिडिए गठन भएर नेपालको तर्फबाट सिइओ भएका महेन्द्रबहादुर गुरुङको पदावधि २०७५ जेठ २७ गते ...

यो बाटो काँ जान्या होला?

- शेखर पाठक  - शताब्दीऔंसम्म स्वायत्त एवं स्वतन्त्र रहेको काली-महाकाली क्षेत्रमा सन् १८१६ पछि भौगोलिक र राजनीतिक परिदृश्य परिवर्तन भयो। आज दुई राष्ट्रका दुई कुना उभिए पनि दुवैतिर उही मानिस बसोबास गरिरहेका छन्। काठमाडौं र दिल्लीले विरलै यो वास्तविकताको आभास गर्छ। भूगोल परिवर्तन हुन लाखौं वर्ष लाग्छ, तर भौगोलिक सर्वोच्चता भने केही दशक या शताब्दीभित्रै परिवर्तन हुन्छ। मानिसबीचका सम्बन्ध अविचलित रहन्छन्। शायद प्रतिकूल समयमा ती शीतनिद्रामा जान्छन् र अरू समयमा सक्रिय हुन थाल्छन्। विशाल तर नाजुक हिमालय जस्तै काली र महाकाली क्षेत्रका हिमालहरू पछिल्ला लाखौं वर्षदेखि ठडिँदै, चुलिँदै, क्षयीकृत हुँदै मुर्झाउँदै र बहँदै आएका छन्। अपी हिमाल, नाम्फा, साइपाल, तिंकर, ओम पर्वत, तिंकर भञ्ज्याङलाई जोड्ने पर्वतश्रेणी, लिपुलेक, लिम्पियाधुरा, जोलिङ्गकङ (सानो कैलाश) तथा सिन्ला भञ्ज्याङ, राजरम्भा हिमाल, रालम भञ्ज्याङ, पञ्चचुली शिखरहरू र छिप्लाकोट युगौंदेखि यस क्षेत्रमा अवस्थित छन्। तर, हिमालयमा मानव जातिको हजारौं वर्ष लामो इतिहासमा ती पर्वतको नामकरण, पूजाआजा र हिमालय क्षेत्र आरपार चाहिं भर्खरै मात्रै हो। ह...

जहाँ नर मात्र होइनन् डोटेली फौजका तर्फबाट देउतासमेत लडे !

Image
    मनोरम नायल ताल । नायल (कैलाली) ।  लहु बगन लाग्यो पिरी बोहराको । लालै होइग्या नौताल लहु नवावको ।।  गोमती साँध भई डोटी अजम्बर ।  नरसँगै देउ लड्या डोटी दरबारको ।। यो भडाको एक टुक्रा हो । यसले नायल गाउँको प्राचीन इतिहास दर्साउछ । आफ्ना पुर्खाको यही वीर गाथा सुनाउँदा सुनाउँदै कमलसिंह बोहरा वृद्ध भइसके । ‘यही भूमिमा जन्मेको हुँ ८० पुग्न थाले,’ उनले भने, ‘मेरा बुबाबाजे पनि यही भूमिमा जन्मेका हुन् ।’  मध्य पहाडका बस्तीदेखि टाढा र तराई नजिक चुरेको मध्य भागमा रहेको यो गाउँ नेपाल सीमाभित्र एक मात्र मुगल दरबार भएको क्षेत्र पनि हो । ‘मुगलहरूले यसै गाउँलाई प्रवेशद्वार बनाएर देवभूमिमा आफ्नो राज्य कायम गर्न खोजेका थिए, हाम्रा पुर्खाले आफ्नो आहुति दिएर जोगाए,’ वृद्ध बोहरा भन्छन्, ‘आउने–जाने धेरैलाई यो गाउँको विकासको आग्रह गर्दागर्दै बूढो भएँ तर अहिलेसम्म कसैले चासो राखेको छैन ।’ लोककाव्य भडामा गाइने यो गाथा नौ ताल भएको नायल गढीमा मुगलहरूसँग भएको भीषण लडाइँको जीवित प्रमाण हो । ‘डोटेली फौजका नायक पिरी बोहरा घाइते भएपछि मुसलमान राजा नवावका सेनाको रगतले नौ ताल लाल भयो । डोटेली फ...

हरी शाई राजा भए पातै टिप्नु परी शाई राजा भए पातै टिप्नु

 -  ‘हरी शाई राजा भए पातै टिप्नु परी शाई राजा भए पातै टिप्नु’ डोटेली  भाषाको यो प्रचलित उखानले आम जनताको राज्य प्रतिको उदासीन भाव  दर्शाउछ । लोकोक्ति र उखानले समाजको यथार्थ चित्रण गरेको हुन्छ । पहिले डोटेली राजाको समयमा  एक जना गाँउले रुखमा चढेर पात टिप्न लागेको रहेछ, त्यहि बाटो भएर अर्को  गाउँले जादै  गर्दा राजा हरी शाई मरेको र अव परी शाई राजा हुने कुरा सुनाए छ । जवाफमा उनले भनेछन्, ‘हरी शाई राजा भए पातै टिप्नु  परी शाई राजा भए पातै टिप्नु’ । जो सुकै राजा होस वा मरोस, मेरो काम त पातै  टिप्ने हो । यसले आम जनतामा राज्य प्रतिको उदासीनता देखाउछ । वास्तवमा सयौ वर्ष पुरानो यो उखान अहिले सम्म जनजिव्रोबाट हटी सक्नु पर्ने हो  तर अझै पनि यो लोकोक्ति प्रचलनमा छ । यसबाट के वुझिन्छ भने, समाजको आम मानिसको जिवनमा त्यति फरक परेको छैन । केहि दिन  पहिले  एक जना  गाउँलेले प्रसंगबश यो उखान भने पछि यस विषयमा केहि लेख्ने प्रेरणा मिल्यो । जव राज्य भए नभएको अनुभूति जनतालाई  हुदैन । त्यस पछि यस्ता लोकोक्ति प्रचलनमा आउछन । यो लोकोक्तिमा ...

घनघस्याको उकालो यात्रा र सम्झनामा ताना शर्मा

Image
लोकेश साउद ।   बैतडी  ।   गत बर्ष भदौ पहिलो साता एकाएक घनघस्या जाने योजना बन्यो । त्यसअघि एकाध चोटी गढीको बालमन्दिर छेउमा घनघस्याको चर्चा चलेको थियो । अमित सिंह सशस्त्र प्रहरी प्रमुख भएर बैतडी आएको केही समयपछि उहाँकै निवासमा हामीले घनघस्याको चर्चा गरेका थियौं ।  करिब एक बर्ष सँगैसँगै हुँदा उतिसारो घनघस्यालाई सम्झिने फुर्सद पाएनौं । सरुवा भएर उहाँले जिल्ला छोड्ने तयारी गर्दै गर्दा एकाएक घनघस्याको उकालो चढ्ने निष्कर्षमा हामी पुगेका थियौं । एकाबिहानै सदरमुकाम खलंगा गढीबाट अघि बढ्दै जाँदा हुस्सुले छोपिएका गोठालापानी, शाहिलेक, सतबाजका पाखा पखेराहरुलाई पछ्याउँदै हामीले एक घण्टामै ३३ किलोमिटर सडक पार गरेर पाटन पुग्यौं । समयले बिहानको ९ बजाइसकेको थियो । पाटनको उदयदेव मन्दिर छेउबाट सुर्नयागाडतर्फ झर्दै हाम्रो यात्राको शुभारम्भ भयो । केही मिनेटमै पाटन भएर बग्ने सुर्नया नदी माथिको झोलुंगे पुल तर्दै उकालो लागियो । सुर्नयामा धमिला पानीका छालहरु छचल्किदै गरेका दृष्यहरु लोभलाग्दा थिए । पछाडि फर्केर हेर्दा पाटन छेउछाउँका रुखहरु धुम्म परेका देखिन्थे । बाटो छेउछाउँमा राताम्मे भएर...